SHARE
पर्दाफास · मङगलबार १२ साउन २०८३ १२:०३ PM · 1 मिनेट पढाइ

सुनसरी घटनाप्रति रास्वपाको ध्यानाकर्षण, संयमता अपनाउन रवि लामिछानेको अपिल

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीको कप्तानगञ्ज लगायतका पूर्वी जिल्लाहरूमा हालै घटेको साम्प्रदायिक तनाव र हिंसात्मक घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टी सभापति रवि लामिछानेको हस्ताक्षरमा जारी विज्ञप्तिमा यस दुःखद घटना र त्यसले निम्त्याएको तनावपूर्ण परिस्थितिबाट सिङ्गो पार्टी पंक्ति स्तब्ध र मर्माहत भएको उल्लेख गरिएको छ।