काँग्रेस नेता गोपालमान श्रेष्ठको निधन
काठमाण्डु– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको मंगलबार निधन भएको कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले पुष्टि गरे । दुलालका अनुसारश्रेष्ठ ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालमा उपचाररत थिए । उनको उपचारका क्रममा अस्पतालमै निधन भएको हो ।
