ललितपुरमा उपसचिव शेरबहादुर बिसीलाई एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड
ललितपुर । नेपाल सरकारका उपसचिव शेरबहादुर बिसी सोमबार ललितपुरमा आयोजित एक भव्य समारोहमा सम्मानित भएका छन्। बिसीलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट ६औं संस्करण एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२५ प्रदान गरिएको हो। सिजन मिडिया प्रालिको आयोजनामा पुल्चोकस्थित द प्लाजामा सम्पन्न उक्त कार्यक्रममा एशियाभर उत्कृष्ट योगदान पुर्याउँदै समाजमा प्रेरणादायी भूमिका खेल्ने व्यक्तित्वलाई सम्मान गरिएको थियो। नेपाल, भारतसहित विभिन्न मुलुकका प्रतिष्ठित पाहुनाको उपस्थितिमा बिसीसहित थुप्रै व्यक्तित्वलाई अवार्ड प्रदान गरिएको थियो। उपसचिव बिसीलाई विशेष कदरका साथ सम्मान गरिएको हो।
