SHARE
अन्नपूर्ण · मङगलबार १७ भौ २०८२ १२:०३ AM · 1 मिनेट पढाइ

राजस्व छलि गरिएका विद्युतीय चुरोटसहित तीनजना पक्राउ

काठमाडौं : राजस्व छलि गरिएका विद्युतीय चुरोट (भेप) सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-१ लिस्ती घर भई काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने ४० वर्षीय निमा छिरिङ शेर्पा, सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-४ जुबु घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका-१० कपन बस्ने ४२ वर्षीय कृष्ण बहादुर गुरुङ र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-७ ज्यामिरे घर भई काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने ५२ वर्षीय राम बहादुर गुरुङ रहेका छन्।