SHARE
अन्नपूर्ण · मङगलबार १७ भौ २०८२ १२:०३ AM · 1 मिनेट पढाइ

इन्द्रजात्रासँग सम्बन्धित कार्यक्रमहरूको सुरुवात

काठमाडौं : काठमाडौं महानगरपालिकाले धार्मिक, सांस्कृतिक एवं सद्भावको पर्व यँःया अर्थात् इन्द्रजात्रासँग सम्बन्धित कार्यक्रमहरूको सुरुवात भइसकेको जनाएको छ।  इन्द्रजात्राको तयारीबारे जानकारी गराउन सोमबार काठमाडौंको हनुमानढोका परिसरमा पत्रकार सम्मेलन गर्दै काठमाडौ महानगरले जात्रालाई भव्यरुपमा मनाउन सबै तयारी गरिसकेको र जात्रासँग सम्बन्धित कार्यक्रमहरूको सुरुवात समेत भइसकेको जनाएको हो।महानगरका अनुसार भदौ १९ गते बिहीबार १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज उत्थान गरिने छ।