आसामसँगको पाँच खेलसम्मेलित सिरिज नेपाललाई
काठमाडौं : भारतको गुहाटीमा भएको पाँच खेल सम्मिलित टी-२० सिरिजमा नेपाल 'ए'ले आसाम क्रिकेट एशोसियसनलाई हराएको छ। अन्तिम खेलमा नेपाल 'ए'ले आसामलाई ४४ रनले हराउँदै पाँच खेल सम्मिलित सिरिज ३–२ ले जितेको हो। सिरिजको अन्तिम खेलमा टस जितेर ब्याटिङ गरेको नेपाल 'ए'ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन बनाएको थियो। नेपाल 'ए'ले दिएको २०९ रनको विजयी लक्ष्य पछ्याएको आसामले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको हो।
