SHARE
अन्नपूर्ण · मङगलबार १७ भौ २०८२ १२:०३ AM · 1 मिनेट पढाइ

ज्येष्ठ नागरिक र अशक्तका लागि सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर

सुनसरी : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौंदेखि मोरङ, सुनसरी, उदयपुर र झापामा बसोबास गर्ने ज्येष्ठ नागरिक तथा अशक्त लाभग्राहीहरूका लागि सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर सञ्चालन गरेको छ। काठमाडौंमा चार दिनसम्म नवीकरण सकिएपछि नगरपालिकाको टोली सोमबारदेखि इटहरी आइपुगेको छ। टोलीले इटहरीलाई केन्द्र बनाएर आसपासका क्षेत्रका नगरवासीहरूको विवरण संकलन गर्दै भत्ता नवीकरण सेवा सञ्चालन गरिरहेको छ।