SHARE
अन्नपूर्ण · मङगलबार १७ भौ २०८२ १२:०३ AM · 1 मिनेट पढाइ

एससीओ बैठकमा प्रधानमन्त्री ओलीको प्रस्ताव– नेपाल अब पूर्ण सदस्यताका लागि उत्सुक छ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई शाङ्घाई सहयोग संगठन (एससीओ)को पूर्ण सदस्य बनाउन प्रस्ताव गरेका छन्। सोमबार चीनको तियान्जिनमा आयोजित एससीओको प्लसको बैठकमा सम्बोधन गर्दै उनले नेपाल अब पूर्ण सदस्य बन्न उत्सुक रहेको बताए। प्रधानमन्त्री ओलीले एससीओलाई अझ एकताबद्ध, एकीकृत र लचिलो बनाउनुपर्ने उल्लेख गर्दै नेपालले सन् २०१६ देखि संवाद साझेदारको हैसियतमा सहभागिता जनाउँदै आएको स्मरण गरे।