SHARE
अन्नपूर्ण · मङगलबार १७ भौ २०८२ १२:०३ AM · 1 मिनेट पढाइ

गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीले गरे सहकार्य र सहलगानीका ९ बुँदामा हस्ताक्षर

स्याङ्जा : गण्डकी र लुम्बिनी प्रदेशबीच सोमबार स्याङ्जाको गल्याङ नगरपालिका-१ मालुंगामा बसेको दुई सरकारबीच समन्वयात्मक बैठकले ९ बुँदे निर्णय गरेको छ। स्याङ्जा र पाल्पाको संगमस्थल एवं धार्मिक क्षेत्र कालीगण्डकी उत्तरबाहिनीमा भएको प्रदेश सरकारका मुख्यमन्त्रीद्वय सहित अर्थ, पर्यटन, भौतिक, वन मन्त्री, प्रदेशसभा सदस्य, सचिव सहित सरोकारवालाबीच भएको छलफलसहित ९ वटा बुँदे निर्णय गरेको हो।