ट्रम्पको दाबी– भारतले अमेरिकी सामानको कर शून्य बनाउने प्रस्ताव गर्यो
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सामानमा आयात कर शून्यमा झार्ने भारतले प्रस्ताव गरेको दाबी गरेका छन्। सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले प्रस्ताव ढिलो आएको बताएका हुन्। ट्रम्पले भारतले अमेरिकी सामानमा आयात शुल्क शून्यमा पहिले नै गर्नुपर्ने भएपनि नगरेको बताए। उनले भारत–अमेरिका व्यापारलाई ʻएकतर्फी विपत्तिʼ पनि भनेका छन्।ʻधेरै कम मानिसले बुझ्छन् कि हामी भारतसँग धेरै कम व्यापार गर्छौं।
