कृषिसँग सम्बन्ध टुट्दै गएकाले गाउँबस्तीहरू रित्तिँदै गए : मन्त्री पौडेल
काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कृषिसँगको सम्बन्ध टुट्दै गएको कारणले गाउँबस्तीहरू रित्तिँदै गएका बताएका छन् । सोमबार काठमाण्डुमा आयोजित जनता बृहत् सांस्कृतिक साँझ २०८२ मा बोल्दै उनले कृषिसँगको सम्बन्ध टुटेपछि गाउँहरू रित्तिँदै गएको भन्दै पहाडबाट पलायन भएको जनशक्तिलाई फर्काउने अवस्था निर्माण गर्नुपर्ने बताए ।
