सीमा समस्या समाधान गर्न कूटनीतिक पहल गरिनुपर्छ : अध्यक्ष प्रचण्ड
काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल लिनुपर्ने बताएका छन् । सोमबार साँझ सम्पन्न एशिया प्रदेश संगठन समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले कूटनीतिक पहलको आवश्यकता औंल्याए ।
