तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
काठमाण्डु – तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा १ महिलाको शव फेला परेको छ । तारकेश्वर नगरपालिका–९ बस्ने ४५ वर्षीय रश्मि रिजालको शव जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए ।
