SHARE
अन्नपूर्ण · शनिबार ९ साउन २०८३ ०७:०१ PM · 1 मिनेट पढाइ

एमाले–नेकपाबीच राजनीतिक सहकार्य गर्ने तीन बुँदे सहमति, ओली–प्रचण्डले गरे हस्ताक्षर

काठमाडौं : नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच सातै प्रदेशमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने विषयमा तीन बुँदे सहमति भएको छ ।शनिबार भएको सहमति अनुसार दुवै दलले प्रदेश सभामा देखिएका बजेट निर्माणसम्बन्धी असमझदारी, बजेट विहीनताको अवस्था तथा राजनीतिक प्रतिस्पर्धाबाट सिर्जित समस्याको समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिने उद्देश्यले सहकार्य गर्ने निर्णय गरेका हुन् ।