SHARE
अन्नपूर्ण · शनिबार ९ साउन २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

भरियाको विश्व कीर्तिमानी यात्रा

कीर्तिमान बनाउन आत्मविश्वास, अदम्य साहस, दृढ संकल्प अनि निरन्तरको मेहनत चाहिन्छ। उच्च जोखिम मोलेर गरिएको साहसिक कार्यले सफलता प्राप्त गरेपछि मात्रै इतिहास निर्माण हुन्छ। हो, उनको हकमा पनि यही कुरा मेल खायो। सुगम वा सहरी क्षेत्रमा भएको भए ११–१२ वर्षको कलिलो उमेरमा उनलाई पाठ्यपुस्तकको भारले थिच्थ्यो होला, तर उनलाई भने पर्यटकको गहकिलो झोला र भारीले थिच्यो। यद्यपि, उनी भागेनन्। लामो समय निरन्तर भारी बोकिरहे। अन्ततः त्यही क्षेत्रबाट परिष्कृत हुँदै उनले सफलता हासिल गरे।