SHARE
अन्नपूर्ण · शनिबार ९ साउन २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

नेपालमा एक वर्षमा १२ लाखभन्दा बढी पर्यटक भित्रिए

काठमाडौं : आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक आगमन भएको छ। नेपाल पर्यटन बोर्ड (एनटीबी) का अनुसार सबैभन्दा धेरै ३ लाख ११ हजार ५३१ पर्यटक भारतबाट आएका छन् भने संयुक्त राज्य अमेरिकाबाट १ लाख ११ हजार ३२५ र चीनबाट १ लाख ९ हजार ८९२ पर्यटक नेपाल आएका छन्।नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आगमनको तथ्यांकअनुसार भारत नेपालको सबैभन्दा ठूलो स्रोत बजार बनेको छ। कुल आगमनमध्ये भारतको हिस्सा करिब २५.७६ प्रतिशत रहेको छ।