धुलिखेल घुम्न गएका युवकको हिमालयन दृश्य रिसोर्टमा करेन्ट लागेर मृत्यु
काभ्रे : धुलिखेलमा रहेको हिमालयन दृश्य रिसोर्टमा शुक्रबार करेन्ट लागेर युवकको मृत्यु भएको छ। साथीहरूसँग काठमाडौंबाट घुम्न आएका २९ वर्षका डेनिस प्रधानको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रविन बिष्टले जानकारी दिए। उनीसँग ११ जना साथी मिलेर धुलिखेल घुम्न आएको थियो। होटलको लापरबाहीको कारण मृत्यु भएको पीडितको दाबी छ। होटलमा अहिले पीडित पक्षसँग छलफल जारी रहेको डीएसपी बिष्टले जानकारी दिए।
