एमाले र नेकपाबीच कार्यगत एकता, कुन प्रदेशमा कसको सरकार ?
काठमाडौं : लामो समयको छलफलपछि नेकपा एमाले र नेपाली कम्युनष्टि पार्टी (नेकपा) ले राजनीतिक कार्यगत एकता गर्ने निर्णय गरेका छन् । एमाले र नेकपाले सातै प्रदेशमा सरकार गठन समेत गर्ने गरी तीन बुँदे सहमतिको निर्णय गर्दै शनिबार कार्यगत एकता गरेका हुन् ।आज भएको निर्णायक वार्तापछि भएको तीन बुँदे सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गरेका छन् ।
