SHARE
अन्नपूर्ण · शनिबार ९ साउन २०८३ ०८:०१ PM · 1 मिनेट पढाइ

रसुवागढीबाट आएको विद्युतीय गाडी त्रिशूली नदीमा खस्यो, चालक बेपत्ता

रसुवा : रसुवागढी नाकाबाट भित्रिएको नयाँ इभी गाडी नदीमा खसेर बेपत्ता भएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार आज साँझ ५:४० बजे गोसाइँकुण्ड गाउँपालिका-५ स्याफ्रुबेसी बजार कटेर पुल तरेपछि  गाडी त्रिशूली नदीमा खसेको हो। गाडी नम्बर र चालकको नाम नखुलेको प्रहरीले जनाएको छ। बेपत्ता गाडी र चालकको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली खटिएको छ।