SHARE
अन्नपूर्ण · शनिबार ९ साउन २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

शिक्षा सचिव पौडेलले अनसनरत डा. गोविन्द केसीलाई भेटे, मागबारे भोलि छलफल हुने

धनगढी : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेलले सेती प्रादेशिक अस्पतालको आईसीयूमा अनसनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई भेटेका छन्। भेटका क्रममा डा. केसीले अघि सारेका मागबारे छलफल भएको र ती मागका विषयमा भोलि विस्तृतमा सम्बन्धित निकायसँग आवश्यक छलफल गरिने बताइएको छ। डा. केसीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग सम्बन्धित तीन बुँदे माग अघि सार्दै अनसन जारी राखेका छन्।