SHARE
लोक पथ · शनिबार ९ साउन २०८३ ११:२८ AM · 1 मिनेट पढाइ

अनशनरत डा. गोविन्द केसीसँग वार्ताका लागि धनगढी पुगे शिक्षा सचिव

काठमाडौं । अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेल आज कैलालीको धनगढी पुगेका छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका थिए । त्यसलगत्तै वार्तामार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको हो ।