गण्डकीमा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेश प्रमुखद्वारा पुनःविचारका लागि फिर्ता
गण्डकी । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयक पुनःविचारका लागि प्रदेशसभामा फिर्ता पठाएका छन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलका अनुसार प्रदेश प्रमुख भट्टले शुक्रबार सन्देशसहित उक्त विधेयक पुनःविचारका लागि प्रदेशसभामा फिर्ता पठाएका हुन् ।
