SHARE
लोक पथ · शनिबार ९ साउन २०८३ १०:५२ AM · 1 मिनेट पढाइ

‘सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पत्ति जोखिममा पर्‍यो’ 

काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका पीडित बचतकर्ताले सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशका कारण आफूहरूको सम्पत्ति जोखिममा परेको आरोप लगाएका छन् । पीडितहरूले शनिबार पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतले समेत सहकारी पीडितलाई न्याय नदिएको आरोप लगाएका हुन् ।