SHARE
लोक पथ · शनिबार ९ साउन २०८३ ११:०० AM · 1 मिनेट पढाइ

धुलिखेल रिसोर्टको स्वीमिङ पुलमा करेन्ट लागेर २९ वर्षीय युवकको मृत्यु

धुलिखेल । काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा एक युवक मृत फेला परेका छन् । रिसोर्टको स्वीमिङ पुलमा करेन्ट सट हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार बेलुकी पौडी खेलिरहेका काठमाडौंको चन्द्रागिरी नगरपालिका निवासी २९ वर्षीय डेनिस प्रधान स्वीमिङ पुलमै मृत अवस्थामा फेला परेका हुन् ।