SHARE
अन्नपूर्ण · शनिबार ९ साउन २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

युवा चिकित्सकको प्रदर्शन आज पनि जारी, चरम श्रम शोषण भएको गुनासो

काठमाडौं : बिभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरुले श्रम शोषण भएको भन्दै निरन्तर विरोध प्रदर्शन गरेका छन् । आफूहरूमाथि चरम श्रम शोषण भएको भन्दै उनीहरुले शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।