SHARE
लोक पथ · शनिबार ९ साउन २०८३ १०:१५ AM · 1 मिनेट पढाइ

डा.गोविन्द केसीको उपचारमा स्वास्थ्यमन्त्रीको चासो, वार्ता टोली आज धनगढी जाने

काठमाडौं । २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपचार व्यवस्थापनमा विशेष चासो देखाएकी छन् । बिहीबारदेखि पाँचबुँदे माग राख्दै अनशनरत डा.केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै मन्त्री मेहताले सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डा.हेमराज पाण्डेसँग टेलिफोन संवाद गरेकी थिइन् ।