नेपाललाई ठूलो राहत : गाभीले ३ लाख डलर फिर्ता नलिने निर्णय
काठमाडौं । खोपका लागि सहयोग गर्ने अन्तर्राष्ट्रिय संस्था गाभीले नेपालसँग ३ लाख ८ हजार २७१ अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको पहलपछि गाभीले उक्त रकम फिर्ता लिनुको सट्टा गाभी ६.० कार्यक्रमअन्तर्गत नेपालले भविष्यमा पाउने सहयोगबाट समायोजन गर्ने निर्णय गरेको हो ।
