आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग ‘कनेक्सन’ देखिएपछि मुकेश कार्की पक्राउ
काठमाण्डु– आपराधिक पृष्ठभूमिका काँग्रेस विराटनगरका नेता अभिषेक गिरीसँग निकट सम्बन्ध तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा मोरङ प्रहरीले विराटनगर महानगरपालिका–७ का ४६ वर्षीय मुकेश कार्कीलाई पक्राउ गरेको छ । गिरीविरुद्ध जारी अनुसन्धानका क्रममा उनको सम्पर्कमा रहेका व्यक्ति र सहयोगी सञ्जालमाथि प्रहरीले निगरानी बढाएको थियो । त्यस क्रममा प्रहरीको राडारमा कार्की परेका हुन् ।
