प्रहरी महानिरीक्षक कार्की भन्छन्– ‘नागरिकले आफ्नो पेशामा गर्व गर्न पाउनु नै वास्तविक लोकतन्त्र हो’
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले हरेक नागरिकले आफ्नो पेशा र व्यवसायमा गर्व गर्न सक्ने वातावरण निर्माण हुनु नै वास्तविक लोकतन्त्र भएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र तथा प्रहरी आवास भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले लोकतन्त्र व्यवहारमा देखिनुपर्नेमा जोड दिएका हुन् ।
