स्वास्थ्यमा समस्या देखिएपछि डा.गोविन्द केसी आईसीयूमा भर्ना
धनगढी। तीन दिनदेखि अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको छ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै धनगढीको कृष्ण मन्दिर धर्मशालामा २४औँ अनशन बसिरहेका केसीको स्वास्थ्य कमजोर भएपछि अस्पताल लगिएको हो । केसीको रगतमा सुगरको मात्रा घटेर ५० पुगेको थियो ।
