सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माइतीघरमा प्रदर्शन
काठमाडौं । प्रतिनिधि सभाका सदस्यहरूका लागि स्वकीय सचिवको संख्या थप गर्ने विषयलाई लिएर ‘राष्ट्रिय जेन–जी नागरिक अभियान’ले विरोध प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागीहरूले राज्यकोषको दुरुपयोग गरी विलासिता बढाउन लागिएको भन्दै सरकार र संसद्को ध्यानाकर्षण गराएका छन् ।
