चीनमा लोकप्रिय ‘दिपल निभो क्यू०५’ नेपाली बजारमा आउँदै, के छन् यसका आकर्षक फिचरहरु ?
काठमाडौं । नेपालमा दिपल ब्रान्डको नयाँ इलेक्ट्रिक एसयूभी दिपल निभो क्यू०५ चाँडै सार्वजनिक हुने भएको छ । नेपालका लागि दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले यो नयाँ मोडल ल्याउने तयारी गरेको हो । कम्पनीका अनुसार क्यू०५ आकर्षक डिजाइन, फराकिलो भित्री ठाउँ, आधुनिक प्रविधि र आरामदायी यात्रालाई ध्यानमा राखेर तयार गरिएको एसयूभी हो ।
