SHARE
लोक पथ · शनिबार ९ साउन २०८३ ०४:४० AM · 1 मिनेट पढाइ

बुद्ध एयरले थप्यो नयाँ एटीआर–७२–६०० विमान, अर्को महिनादेखि नियमित उडान

काठमाडौं । बुद्ध एयरले आफ्नो हवाई बेडामा नयाँ पुस्ताको एटीआर–७२–६०० सिरिजको विमान थपेको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार फ्रान्सको तुलुसबाट ल्याइएको उक्त विमान आवश्यक प्राविधिक तथा नियामकीय प्रक्रिया पूरा गरेपछि आगामी महिनादेखि नियमित व्यावसायिक उडानमा सञ्चालन गरिनेछ । बुद्ध एयरले ९एन–एओएस कलसाइन भएको एटीआर–७२–६०० विमान नेपाल भित्र्याएको हो।