SHARE
काठमाण्डुपाटी · शनिबार ९ साउन २०८३ ०३:०६ AM · 1 मिनेट पढाइ

मोरङमा नाबालिकाको शव बीभत्स अवस्थामा फेला

काठमाण्डु – मोरङमा बीभत्स हत्या गरिएको एक नाबालिकाको शव फेला परेको छ। सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया नाबालिका कायानत खातुनको हत्या भएको अवस्थामा बीभत्स शव फेला परेको छ। उनी स्थानीय जफारुल मियाँकी छोरी हुन्। नाबालिका घरबाट हराएको केही समयपछि नजिकै रहेको घाँसघारीमा बीभत्स अवस्थामा शव भेटिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी