SHARE
लोक पथ · शुक्रबार​ ८ साउन २०८३ ११:५४ AM · 1 मिनेट पढाइ

सेभेन अपबारे उजुरीपछि अनुगमन : उद्योगमा कैफियत भेटिएन, नमुना प्रयोगशालामा

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसहितको टोलीले पेप्सीकोलास्थित वरुण बेभरेज प्रालिमा स्थलगत अनुगमन गरेको छ । वरुण बेभरेजले उत्पादन र बिक्री गर्दै आइरहेको पेय पदार्थ सेभेन अप (7UP) मा बाह्य पदार्थ भेटिएको गुनासोपछि विभागसहितको टोलीले बिहीबार अनुगमन गरेको हो ।