SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ८ साउन २०८३ ०९:१६ AM · 1 मिनेट पढाइ

सेवाग्राहीबाट घुस लिँदै गर्दा लेखा अधिकृत अख्तियारको फन्दामा

काठमाण्डु– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस मागेको आरोपमा काठमाण्डुबाट लेखा अधिकृतलाई पक्राउ गरेको छ । अख्तियारका अनुसार पक्राउ पर्नेमा काठमाण्डु महानगरपालिका–३० का लेखा अधिकृत उद्वब भट्टराई छन् । भट्टराईले स्थायी लेखा नम्बर (प्यान) बन्द गराउन आएका सेवाग्राहीबाट घुस लिएको २१ हजार रुपैयाँसहित उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी