सत्याग्रह थालेका डा. गोविन्द केसीलाई धर्मशालाले भन्योः यहाँ अनशन बस्न मिल्दैन, अन्तै जानुस्
धनगढी– स्वास्थ्य क्षेत्र सुधारको माग राखेर सत्याग्रह थालेका डा. गोविन्द केसीलाई अनशन स्थल छाड्न चेतावनी दिइएको छ । केसी बिहीबारदेखि कैलालीको धनगढीस्थित कृष्ण मन्दिरमा सत्याग्रह बसेका छन् । कृष्ण मन्दिर व्यवस्थापन समितिले लिखित पत्र बुझाउँदै केसीलाई उक्त स्थान छाड्न भनेको हो । पत्रमा धर्मशाला व्यवस्थापन समिति अध्यक्ष मुक्तिनाथ पन्तले हस्ताक्षर गरेका छन् ।
