शिशुको डाइपरभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित चार जना पक्राउ
झापा । शिशुको डाइपरभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् । उनीहरु बिहीबार साँझ भद्रपुर नगरपालिका-५ स्थित बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको किशनगञ्ज जिल्ला वडा नं १२ बस्ने मोहित आलम, उनकी श्रीमती जेनेतुन खातुन, छोरा सोहेल आलम तथा सोही अटोमा सवार मोहम्मद तजरुल रहेका छन् ।
