यी १० बैंकको लोन पोर्टफोलियो रिभ्यु गर्न बंगलादेशी कम्पनीसँग सम्झौता, ५ महिनामा सक्नु पर्ने

नेपाल राष्ट्र बैंकले १० वटा ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्नको लागि बंगलादेशको कम्पनीसँग सम्झौता गरेको छ ।  राष्ट्र बैंकले भदौ १२ गते बिहीबार बंगलादेशको Howladar Yunus & Co. सँग सम्झौता गरेको हो । प्राविधिक प्रस्तावमा यही एउटा कम्पनी मात्र योग्य भएकोमा कम्पनीले गरेको आर्थिक प्रस्ताव पनि राष्ट्र बैंकले स्वीकार गरेको थियो।