SHARE
लोक पथ · शुक्रबार​ ८ साउन २०८३ ०७:४२ AM · 1 मिनेट पढाइ

आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई गगन थापाद्वारा १ लाख रुपैयाँ सहयोग

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । थापाले आफ्नै तर्फबाट राहतस्वरूप उक्त रकम उपलब्ध गराएका हुन् । सहयोग प्रदान गर्दै उनले स्वर्गीय गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।