SHARE
लोक पथ · शुक्रबार​ ८ साउन २०८३ ०७:५५ AM · 1 मिनेट पढाइ

एक वर्षअघि हराएको ‘हायु परिवार’, अहिले कहाँ के गर्दैछन् ?

काठमाडौं । गत वर्ष साउन पहिलो साता एउटा खबर फैलियो । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाट एउटा परिवार नै गायब ! ०८२ साउन ८ गते रातिदेखि उक्त परिवार गाउँमा नभएको खबर यत्रतत्र फैलियो । तर गए कहाँ ? रहस्यको विषय बन्यो । लोपोन्मुख जातीमा पर्ने हायु परिवार हराएको विषय सञ्चारमाध्यमदेखि आम चासोको विषय बन्यो ।