बब्लु गुप्ताको बाइक स्टन्टपछि चालकलाई ट्राफिकको कारबाही
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्ता मोटरसाइकलको पछाडि उभिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त मोटरसाइकलका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । सिराहा ट्राफिक प्रहरीले मोटरसाइकल चालक पिताम्बर चौधरीलाई लापरबाही ढंगले मोटरसाइकल चलाएको भन्दै ५ सय रुपैयाँ जरिबाना गरेको हो ।
