SHARE
कालिका खबर · शुक्रबार​ ८ साउन २०८३ ०७:०४ AM · 1 मिनेट पढाइ

रास्वपा सांसद पौडेलमाथि कालो मसी प्रहार

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा सदस्य गणेश पौडेलमाथि बिहीबार राति कालो मसी प्रहार गरिएको छ । गढीमाई नगरपालिका–७, पर्सामा आयोजित ‘जनतासँग भेटघाट’ कार्यक्रम सम्पन्न गरेर फर्किने क्रममा उनीमाथि उक्त घटना भएको हो । बिहीबार राति करिब ८ बजेदेखि सवा ८ बजेको बीचमा कार्यक्रमस्थलबाट बाहिरिने क्रममा पछाडिबाट आएका एक व्यक्तिले आत्मीयता देखाउँदै अँगालो हाल्ने बहानामा सांसद पौडेलमाथि कालो मसी प्रहार गरी फरार भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । स्थानीयका अनुसार घटनास्थलमा रहेका केही व्यक्तिको हातमा रातो झण्डा र पर्चा देखिएको थियो ।