SHARE
लोक पथ · शुक्रबार​ ८ साउन २०८३ ०४:४३ AM · 1 मिनेट पढाइ

रास्वपामा संघीय सांसदको स्वकीय सचिव नियुक्तिमा कडाइ, एकाघरका सदस्य वा नजिकका नातेदारलाई पूर्णरूपमा निषेध 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा संघीय सांसदको स्वकीय सचिव नियुक्ति एकाघरका सदस्य वा नजिकका नातेदारहरूलाई पूर्ण रूपमा निषेध गरिएको छ । यो नियुक्ति पारिवारिक र नातागोताको परिधिभन्दा बाहिरबाट मात्र हुनुपर्नेछ ।  यस्तै, उम्मेदवारले संघीय संसद् सचिवालयले तोकेको न्यूनतम शैक्षिक योग्यता (स्नातक तह वा सोसरह उत्तीर्ण) अनिवार्य रूपमा हासिल गरेको हुनुपर्नेछ ।