लगानी र व्यापार विस्तारमा अवैतनिक वाणिज्यदूतलाई सक्रिय हुन मन्त्री खनालको आग्रह
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तर्राष्ट्रिय पहुँच विस्तार तथा आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन अवैतनिक (मानार्थ) वाणिज्यदूतहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । काठमाडौंमा आयोजित मानार्थ वाणिज्यदूत कोर–नेपालको १९औँ वार्षिक साधारणसभा तथा चार्टर दिवस कार्यक्रममा बोल्दै मन्त्री खनालले अवैतनिक वाणिज्यदूतहरूलाई नेपाल र सम्बन्धित मुलुकबीच सम्बन्धको सेतुका रूपमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।
