नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने
काठमाडौं। नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ (भारू) २०० र ५०० दरका नोट नेपाल ल्याउन, भारत लैजान तथा सटही गर्न अनुमति दिएको छ । यो सुविधा नेपाली र भारतीय दुवै नागरिकका लागि लागू हुने राष्ट्र बैंकले जनाएको छ । यसअघि नेपालमा भारू १०० सम्मका नोट मात्रै चलाउन र सटही गर्न पाइने व्यवस्था थियो ।
