SHARE
लोक पथ · शुक्रबार​ ८ साउन २०८३ ०१:२१ AM · 1 मिनेट पढाइ

फिफा विश्वकप आयोजना भएयता दुई लाख २३ हजारभन्दा बढी अवैधानिक एप बन्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको जनाएको छ । सरकारले गत १३ चैतमा जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमै अनलाइन सट्टेबाजी र ठगी (स्क्यामिङ) रोकथामको विषय समेटेको थियो ।