काठमाडौं उपत्यकामा आज हल्का वर्षाको सम्भावना, तीन दिन मनसुन सक्रिय रहने
काठमाडौं । काठमाडौं उपत्यकामा आज दिनभर सामान्यदेखि पूर्ण बदली रहने र केही समयमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् संजीव अधिकारीका अनुसार हाल उपत्यकामा सामान्य बदली रहेको छ ।
