SHARE
लोक पथ · शुक्रबार​ ८ साउन २०८३ ०१:४१ AM · 1 मिनेट पढाइ

इनड्राइभले ६ नेपाली ‘कन्टेन्ट क्रिएटर’ लाई आर्थिक सहयोग गर्ने

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली कन्टेन्ट क्रिएटरलाई प्रोत्साहन गर्न ‘क्रिएटर्स भेटघाट’ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहभागी ६० भन्दा बढी क्रिएटरमध्ये उत्कृष्ट ६ वटा कन्टेन्ट आइडिया छनोट गरी आर्थिक सहयोग गर्ने घोषणा गरेको हो । कार्यक्रममा इनड्राइभले ‘ड्रिम इट. डु इट. नामको नयाँ क्रिएटर फेलोशिप पनि सुरु गरेको छ ।