बज्रबाराही र संयक घ्यू उद्योगमा विभागको अनुगमन
काठमाडौं । ललितपुरको विभिन्न स्थानमा सञ्चालित दुई घ्यू उद्योगको उत्पादनमा कैफियत देखिएको छ । ललितपुरको गोदावरी नगरपालिका–११ गोदावरीमा सञ्चालित बज्रबाराही बेकरी सर्टेनिङ्ग उद्योग प्रालि र गोदावरी नगरपालिका–२७ सुनाकोठीमा सञ्चालित संयक बेकरी सर्टेनिङ्ग उद्योग प्रालिद्वारा उत्पादित घ्यूमा कैफियत देखिएको हो ।
